लोकसेवा तयारी मोबाइलबाटै गर्न लोकसेवा प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
3 Days (Rs. 10)
15 Days (Rs. 25)
One Month (Rs. 80)
One Year (Rs. 300)
काठमाडौं । कोरोना संक्रमण भएकै अवस्थामा परीक्षार्थीले लोक सेवाको परीक्षा दिन नपाउने भएका छन् । लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ ल्याएको छ।
उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको देखिए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख गरिएको छ। ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डमा भनिएको छ ।
आयोगले कोरोना महामारीकै क्रममा परीक्षा सञ्चालन लागेकोले परीक्षालाई प्रभावकारी र व्यवस्थितरुपमा सञ्चालन गर्न यस्तो मापदण्ड बनाएको हो ।
सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो।
आयोगको पहिलो चरणको परीक्षा सकिए पनि कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा स्थगित गर्दै आएको थियो। स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ।
आयोगले एक परीक्षा केन्द्रमा एक सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन मिलाइने बताएको छ ।
परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्नेछ। परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था गर्ने आयोगले जनाएको छ ।
यस्तो छ मापदण्ड :