Welcome, Guest

नेपालको वर्तमान संविधानले व्यवस्था गरेको न्यायसम्बन्धी हक

2019-04-25 / 2.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1: कुनैपनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन ।।
 
2: पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायी मार्फत पुर्पक्ष गर्ने हक हुनेछ ।।
 
3: पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन ।
 
4: तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेवापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन ।।
 
5: कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन ।
 
6: कुनै पनि व्यक्ति विरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन।
 
7: कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन ।।
 
8: प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ ।
 
9: प्रत्येक व्यक्तिलाई स्वतन्त्र निष्पक्ष सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुनेछ ।।
 
10: असमर्थ पक्षलाई कानून बमोजिम निःशुल्क कानूनी सहायता पाउने हक छ ।।

Notice (1024): Element Not Found: Elements/Ads/admana_ad.ctp [CORE/Cake/View/View.php, line 421]
You need to login to comment.

Facebook Comments